बिएल संवाददाता
हेटौँडा उपमहानगरपालिका निवासी एक संक्रमित पुरुषको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत हेटौँडा–४ घर भएका ६० वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए । कोरोना परीक्षण गर्न १४ भदौमा मृतकले स्वाब दिएका थिए ।
हेटौँडा–१० कीटजन्य रोज अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा १६ भदौमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।
उनलाई श्वासप्रस्वासमा समस्या भएपछि १७ भदौमा काठमाडौं उपचारको लागि लगिएको उनका भाईले बताएका छन् ।
काठमाडौंको विभिन्न अस्पतालमा सफल नभएपछि केही दिनअघि मात्रै उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ । मृतकमा कुनै पनि दीर्घरोग नरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया