निगमको योजना–सधैँ जहाज किन्ने !

बाह्रखरी

काठमाडौँ

हिमाल पौडेल

नेपाल वायुसेवा निगम जहाजकै कारण तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५ वर्षदेखि नै निगमले यी सबै जहाज एकैपटक उडाउन सकेन । त्यसैले निगमले चिनियाँ जहाज बोझ बन्दै गएको ठहर गर्दै बिक्री गर्ने निष्कर्षमा पुगेको हो । तर, हालको कोभिड १९ ले नेपालसहित विश्वव्यापी अर्थतन्त्रमा पारेको असरका कारण यी जहाज बिक्री गर्न थप कठिनाइ हुने चिन्ता निगमलाई थपिएको छ । 

निगमको सञ्‍चालक समितिले आन्तरिक उडानका लागि चिनियाँ जहाज चलाउन नसकिने निष्कर्ष निकाल्दै व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । सरकारस्तरबाट यी जहाज ल्याइएकाले यसको व्यवस्थापन पनि सरकारको निर्देशन निगमले कुरिरहेको छ । यी जहाज बिक्री गर्न अर्थ मन्त्रालयकोसमेत स्वीकृति लिनुपर्ने छ । 

प्रकाशित मिति: : 2020-09-13 09:59:02

प्रतिकृया दिनुहोस्