गुलमोहर

सेतोपाटी

काठमाडौँ

चेतना शर्मा

जीवनका भोगाइको कठघरामा यसरी उभिएकी छु आज, जहाँ समग्र जीवनका प्रश्नहरूको सामना म एकैपटक गरिरहेकी छु। 

एउटा प्रश्नको उत्तर दिन नसक्दै अनेक प्रश्नहरू लामबद्घ भइरहेका छन्। जीवनभर सबै लडाइँहरू एक्लै लड्दै त आए तर आज भने युद्घ हारेको सिपाहीझैं अथाहा पीडा महशुस भइरहेछ। 

पुराना घाउका पाप्राहरू फेरि दुख्न थालेका छन्। मभित्र अन्र्तनादहरूका छालहरू उथलपुथल किन गरिरहेका छन्? मेरो सीमित संसारको असीमित प्रवाहहरूमा यी प्रश्नहरूको उत्तर स्वयं मलाई नै थाहा छैन। 

‘मम्मी म हस्पिटल गएँ है, हजुरलाई गाह्रो भए फोन गर्नुहोला, बाई।’ कसुमको आवाजले मेरा ध्यान विथोलिएपछि बाहिर हेर्छु। 

प्रकाशित मिति: : 2020-09-12 19:21:23

प्रतिकृया दिनुहोस्