बाबुको छुराले आमाको लियो ज्यान, चितामा दागवत्ती दिने ४ वर्षे छोरोको प्रश्न : आमा कहिले आउनुहुन्छ?

पहिलोपोष्ट

काठमाडौं

स्वेच्छा राउत

बिहीवार राती पार्वतीले राहतमा पाएको चामल पकाइन्। दुई छोरा र आमालाई खुवाइन्। आफू पनि खाइन्। श्रीमान अजय आइपुगेका थिएनन्। साँझपख घरमा कसैलाई केही नभनी फुत्त निस्किएका थिए उनी।

घर अबेर गरेर आए। मुल ढोकाबाट भित्र पस्नासाथ भान्सा। साँघुरो भान्साको एउटा कुनामा पार्वतीकी आमाको ओच्छ्यान। त्यहीँ पल्टिएकी सासुसँग केही नबोली सरासर भित्री कोठामा पसे उनी। छोराहरू निदाइसकेका थिए। पार्वती भने जागै थिइन्। उनलाई रक्सीको दुर्गन्धको बानी परिसकेको थियो। त्यसैले केही भनिनन्। तर, सधैंजस्तै रक्सी पिएर आएपछिको कचकचको श्रृङ्खला सुरु भयो। कारण थियो पार्वतीको प्रश्न। सोधेकी थिइन् : काममा जानु भएको हो? होइन भने सधैं रक्सी पिउने पैसा कहाँबाट आउँछ?

प्रकाशित मिति: : 2020-09-11 09:25:27

प्रतिकृया दिनुहोस्