अफिस भत्काएपछि कंगनाकाे आक्राेश राेकिएन, भनिन्, ‘ठाकरे शिव सेनाकाे विचारधारा बेचेर सोनिया सेना बने’

बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय बृहन्‍मुम्बई महानगरपालिका (बीएमसी)ले भत्काएपछि झन आक्रोशित बनेकी छिन्। उनले लगातार सामाजिक सञ्जालको मध्ययमबाट आक्रोश व्यक्त गरिरहेकी छिन्।  

उनले सामाजिक सञ्जालमा एक मोर्चा खोलेकी छिन्। र, उनले शिव सेनालाई सोनिया सेना भनेका छन्।

ट्वीटरमा उनले लेखेकी छिन्,‘बाला साहेब ठाकरेले जुन विचारधारामा शिव सेना निर्माण गर्नुभयो आज उनी सत्ताको लागि उही विचारधारा बेचेर  सोनिया सेना बनेका छन्। जुन गुण्डाले मेरो पछाडीबाट घर भत्काए तिनीहरूलाई नागरिक निकायहरू नभन्नुहोस्। संविधानको यति धेरै अपमान नगर्नुस्।’

यसपछि उनले अर्को ट्वीटमा लेखेकी छिन्, ‘महाराष्ट्रमा चुनाव हराएपछि शिव सेनाले इज्जत फ्याँकेर मिलावटको सरकार गठन गरी सोनिया सेना बनायो।’ 

बुधवार  बान्द्राको पाली हिलमा रहेको कंगनाको अफिस भत्काइएको थियो।  बीएमसीले अवैध निर्माण गरेको भन्दै बुधबार उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर भत्काएको थियो। 

केही महिनाअघि उनले यो अफिस निर्माण गरेकी थिइन्। मंगलबार क‌ंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै नोटिस पठाएको थियो।

कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्तबुझ्दो नभएको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको हो। कंगनाले आफूले अवैध निर्माण नगरेको लगातार ट्विटरमार्फत बताउँदै आएकी थिइन्।

यो मुद्दा बुधबार मुम्बई उच्च अदालतमा पुगेको थियो। जहाँ अदालतले कंगनाको सम्पत्तिलाई हानी नगर्नु भनेर नगर निगमलाई आदेश दिएको थियो। यस मुद्दामा सुनुवाइ बिहीबार दिउँसो ३ बजे भएको थियो, जुन बेला अफिसको केही भाग भत्काइसकेको थियो।

यसैबीच, कंगनाको कार्यालयमा भत्काएपछि मुम्बई नगर निगमले डिजाइनर मनीष मल्होत्रालाई कारण बताउ आदेश जारी गरिएको छ।

नगरपालिकाले मनीषलाई भनेको छ कि– ‘यदी कंगनाको अफिस अनधिकृत तरिकाले निर्माण भएको थियो भने पहिलाई किन खारेज नगरेको?’ 

यस सुचनाको जवाफ दिन मनीषलाई पनि सात दिनको म्याद दिइएको छ।

शिव सेनाले भन्याे– यसमा हाम्राे हात छैन

 शिव सेनाका नेता संजय राउतले भने कंगनाको अफिस भत्काउनुमा फार्टीकाे कुनै हात नरहेकाे बताएका छन्। 

उनले भनेका छन्, ‘कंगनाविरूद्ध गरिएको कारवाही मुम्बई नगरपालिकाले गरेको हाे। यसको शिव सेनासँग कुनै सम्बन्ध छैन। यसबारे सूचना नगरपालिका आयुक्त वा मुम्बईका मेयरसँग कुरा गर्नुपर्दछ।’

महाराष्ट्रमा शिव सेना नेतृत्वको सरकार छ। बीमएसी महाराष्ट्र सरकारको मातहतमा आउँछ।  शिव सेना पार्टीका नेताहरुसँग कंगनाको केही समयदेखि भनाभन चलिरहेको थियो। कंगनाका समर्थकले बीएमसीले राजनीतिक दबाबमा आएर उनको कार्यालय भत्काएको बताएकी छिन्। 

तर, शिव सेनाको मुखपत्र सामनामा बिहीबार प्रकाशित एक समाचार रिपोर्ट अनुसार राष्ट्रवादी कांग्रेस पार्टीका शरद पवारले भनेका छन्, ‘यदि कसैले यसलाई पाकिस्तान वा अरुसँग तुलना गर्छ भने त्यसलाई गम्भीरतापूर्वक लिनु पर्दैन। याे घटनाबारेमा धेरै कुरा गर्न उचित हुँदैन।’

प्रकाशित मिति: : 2020-09-10 15:38:52

प्रतिकृया दिनुहोस्