आइसोलेसन सेन्टरमा गर्भवती नर्स– मलाई मेरो काम प्यारो छ

देशसञ्चार

काठमाडौँ

सुजाता खत्री 

अस्पतालमा ड्युटी भएको दिन सुनिता (नाम परिवर्तन)लाई सधैँ एउटै पिरले सताउँछ–म संक्रमित हुन्छु कि भन्ने। अस्पतालको आइसोलेशन वार्डमा छिर्दा उनको मन डराउँछ, ‘मलाई संक्रमण भइहाल्यो भने ?’

कोरोना भाइरस महामारीको यो समयमा उनी डराउनु सामान्य थियो। तर उनको चिन्ता आफू संक्रमित हुँला भन्दा पनि पेटमा रहेको सन्तानप्रति हो। उनी अहिले चार महिनाको गर्भवती छिन्। नियमित अस्पतालमा आफ्नो ड्युटी गरिरहेकी छन्, उनको कार्यथलो, ‘आइसोलेशन सेन्टर’ मा छ।

सन् २०१९ को अन्त्यतिर जब चीनमा चाइनामा कोरोना भाइरस देखा पर्‍यो, त्यतिबेला सुनिताले यो भाइरसले यति धेरै उथलपुथल ल्याउला भनेर सोचेकी थिइनन्। तर वास्तविकता उनले सोचेको भन्दा फरक भइदियो। पेसाले नर्स भएकोले पनि कोरोना भाइरसको बारेमा उनको चाख बढी थियो, किनकी स्वास्थ्यकर्मीलाई ‘फ्रन्टलाइन’ मा बसेर काम गर्नुपर्छ।

उपचारको पत्तो नभएको रोगले विश्वभरि महामारी फैलाइरहँदा नेपालमा भने गएको जनवरी १३ मा पहिलो कोरोना भाइरस संक्रमित भेटिए, संक्रमित चीनको वुहान विश्वविद्यालयबाट नेपाल फर्केका थिए। त्यसपछि फ्रेब्रुअरीमा दोस्रो संक्रमित देखा परे। त्यसपछि भेटिएका केही संक्रमितहरु विदेशबाट नेपाल आएका थिए, उनीहरुको उपचार भइरहेको थियो।

प्रकाशित मिति: : 2020-09-10 14:58:52

प्रतिकृया दिनुहोस्