ई-पासपोर्ट छपाईमा फेरि अड्चन, २० लाख प्रति छपाईको टेण्डर दोस्रो पटक रद्द गरिँदै

देखापढी

काठमाडौँ

सुरेन्द्र पौडेल

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले २० लाख प्रति विद्युतिय पासपोर्ट (ई–पासपोर्ट) छपाईको लागि दोस्रो पटक आव्हान गरेको बोलपत्र रद्द गर्ने तयारी गरेको छ। बोलपत्रमा माग गरिए अनुसारको आवदेन नपरेपछि बोलपत्र रद्द गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो। 

मन्त्रालय स्रोतका अनुसार आउँदो आइतवार वा सोमबार बोलपत्र रद्द गरिएको सूचना प्रकाशन गर्ने तयारी गरिएको छ। यसपटक पनि बोलपत्र रद्द गरिए एक वर्षभित्र ई–पासपोर्टको बोलपत्र दुई पटक रद्द हुनेछ। यसअघि २०७६ कार्तिक २१ गते ई–पासपोर्ट छपाईको लागि आव्हान गरिएको बोलपत्र रद्द गरिएको थियो।  “बोलपत्रमा माग गरिएको अनुसारको कागजात सहितको आवेदन परेन। त्यसैले यसपटक पनि रद्द गर्नुपर्ने अवस्थामा पुगेका छौं,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले देखापढीलाई जानकारी दियो। 

ई–पासपोर्ट छपाई सुरु गर्ने गरी आव्हान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा चार कम्पनीको आवेदन परेको थियो।  २० लाख ई–पासपोर्ट छपाईको लागि फ्रान्सको आईडिईएमआईए आइडिन्टीटी एण्ड सेक्युरिटी, जर्मनीको मुएलबाउअर आईडी सर्भिसेज् जीएमबीएच, अमेरिकाको एचआईडी ग्लोबल र चीनको एसिनो कर्पोरेसनको आवेदन परेको थियो।  

प्रकाशित मिति: : 2020-09-09 16:27:06

प्रतिकृया दिनुहोस्