रासस
जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेको अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेको अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार प्रहरीले पक्राउ गरी पशुपक्षीसम्बन्धी कसुरअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।
प्रनि फुयाँँलका अनुसार सोही घटनामा संलग्न भएका नौ जना प्रतिवादी हालसम्म फरार रहेका छन् । गाई काट्न प्रयोग गरिएको धारिलो घरेलु हतियारसमेत घटनास्थलबाट प्रहरीले बरामद गर्नुका साथै पक्राउ परेका प्रतिवादी तामाङलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया