पीपीई लगाएरै शव जलाउँछन् विराटनगरका यी युवा

बाह्रखरी

विराटनगर

कुमार लुइँटेल

पीपीई लगाएका एक युवाले दाउराको हार मिलाउँदै खात लगाए । केही समयमा चिता तयार भयो । अरु दुई जनाले प्लास्टिककले छोपिएको शव एम्बुलेन्सबाट झिकेर चिता भएतर्फ अघि बढे । त्यसलाई जस्ताको तस्तै थपक्क दाउरामाथि राखिदिए । त्यसपछि हिन्दू परम्पराअनुसार शवमा दागबत्ती दिइयो । अनि दन्दनी आगो दन्किन थाल्यो । पुत्ताएको धुवाँ कुइरीमण्डल हुँदै आकासतर्फ उड्यो ।

शव पूर्णत: नजलुन्जेल युवाहरू कुरेर बसिरहे । तीन घण्टाजतिमा शव जलेर खरानी भइसकेको थियो । त्यसपछि घाटवरपर सेनिटाइज गर्ने औषधि छर्किए । आफूहरूले पनि त्यही प्रक्रिया दोहोर्‍याए । विराटनगरमा पहिलोपटक कोरोना संक्रमितको शव गाडिएन । बरु परम्पराअनुसार जलाइयो । एक संक्रमित महिलाको शव जलाउँदा घाटमा यस्तै दृश्य देखिएको थियो ।

प्रकाशित मिति: : 2020-09-08 15:10:51

प्रतिकृया दिनुहोस्