स्वास्थ्यकर्मीदेखि पत्रकारसम्मको नक्कली परिचयपत्र बनाउने धन्दा : एउटा कार्डको ५०० रुपैयाँ !

रातोपाटी

काठमाडौँ

 

सुजन पन्त

कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गर्दा काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ । सरकारले निषेधाज्ञाको बेला स्वास्थ्यकर्मी र पत्रकारलाई हिँड्डुल गर्न कतै रोकतोक गरेको छैन । पत्रकारहरु कार्यालयकै परिचयपत्रले सजिलै हिँड्डुल गर्न पाउँछन् ।

पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिँडडुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने सरकारले नै निर्णय गरेको छ ।

त्यही भएर पनि होला – पछिल्लो समय काठमाडौँ उपत्यकामा प्रेस लेखिएको गाडी जताततै देखिन्छ । उपत्यकाको अधिकांश सडकमा प्रेस लेखिएको गाडी र मोटरसाइकल हुइँकिरहेका छन् । 

के तिनीहरु सबै पत्रकार हुन् त ? कतिपय ठूला मिडिया हाउसका पत्रकारहरू समेत यतिबेला रोजगारी गुमाएर घरमा थन्किएर बसेका छन् । तरपनि सडकमा प्रेस लेखेको गाडी बढेको बढ्यै छ । अर्को कुरा अधिकांश पत्रकारको गाडी चड्ने हैसियत पनि छैन । 

कसलाई के थाहा गैरपत्रकारहरु प्रेस लेखेर जथाभावी हिँडिरहेको छन् भनेर ? सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने पनि होइन ? उपत्यकामा प्रेस लेखिएका महँगा गाडी हुँइकिरहेका बेला नेपाल पत्रकार महासंघले समेत आफ्नो चासो दिएको थियो । 

प्रकाशित मिति: : 2020-09-08 14:38:51

प्रतिकृया दिनुहोस्