भैँसी पालनमा रमाएका फुर्तीराम भन्छन्, ‘चामल भन्दा दाना महँगो’

दशरथ घिमिरे

राजपुर गाउँपालिका वडा नं. ५ चंगुवा निवासी फुर्तीराम यादवले भैँसीलाई ‘सुन्दरी’ झैँ स्याहार सुसार गर्ने गर्छन् । उनको हरेक दिनको बिहानी भैंसी गोठबाटै सुरु हुन्छ ।

पहिलो काम भकारो सोर्ने हुन्छ । त्यसपछि दानापानी दिने अनि दूध दुहुने काम हुन्छ । बिहानको समय भैँसी गोठमै बित्छ । दिउँसो भैँसी ग्वाला जानुपर्छ । भैँसीलाई नुहाईदिन खाल बाल्छन् ।

‘भैँसी हिलोपानीमा डुब्न खुब मन पराउँछ’ फुर्तीरामले भने–‘भैँसीलाई नुहाइदिन म आफै खोलामा पस्छु ।’

बेलुका गोठमा बाध्न ल्याइपुर्‍याउछन् । बिहान र बेलुका दुई पटक दूध दुहुने गर्छन् । भैँसीको दूध बेच्न दुःख भने छैन । दैनिक पाँच लिटर दूध बिक्री हुन्छ । घर नजिकै दूध संकलन केन्द्र छ । दूध बिक्री गर्न त्यहीँ लैजान्छन् । पहिला दूध बिक्री गर्न समेत दुःख थियो ।

प्रकाशित मिति: : 2020-09-08 10:23:23

प्रतिकृया दिनुहोस्