बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२..१७ बिन्दुले घटेर एक हजार ४८७.८१ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ । कूल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर रु दुई अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरोलो लागेको छ । व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७९ र लघुवित्त १.१५ बिन्दुले बढेको छ ।
यस्तै बैंकिङ १७.३६, होटल २.५६, विकास बैंक १५.५८, जलविद्युत् ३.५३, निर्जीवन बीमा ४६.७६, उत्पादन १७.६८, जीवन बीमा ९२.५४ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ । कारोबारमा आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ४० लाख ३७ हजार ६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रह््यो ।
यस्तै नागरिक लगानी कोष रु १५ करोड ६३ लाख तीन हजार ५६९, नेको इन्स्योरेन्स रु नौ करोड तीन लाख १९ हजार ९२७, एनएमबी बैंकको संस्थापक शेयर रु आठ करोड ८२ लाख चार हजार ८८०, नेपाल लाइफ इन्स्योरेन्स कम्प्नी रु आठ करोड २४ लाख ९५ हजार ६४ र शिवम् सिमेन्ट रु सात करोड ५४ लाख ९४ हजार ८२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै, उन्नती सहकार्य लघुवित्त ९.९१, यूनिभर्सल पावर कम्पनी ९.८७, जोशी हाइड्रोपावर ८.८६, नागरिक लगानी कोष ७.९४ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.३३ प्रतिशतले कमाए । त्यस्तै, एनआरएन इन्फ्रास्टकचर ९.९२, घलेम्दी हाइडङो ६.८५, हिमालयन पावर पार्टनर ५.८८, अरुण काबेली पावर ५.०८ र एआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया