२५ वर्षअघि आजैको दिन नेपाली क्रिकेट टिमको त्यो पहिलो अन्तर्राष्ट्रिय म्याच ...

आज सेप्टेम्बर ६। नेपाली क्रिकेटको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय म्याच खेलेको दिन। यो २५* वर्षमा नेपालको क्रिकेटले गजबको छलाङ मारेको छ। सीमित स्रोत साधनका बाबजुद नेपाल एक दिवसीय मान्यता पाएको टिम भइसकेको छ। टी-२० विश्वकपमा सहभागिता जनाएर सम्मानजनक प्रतिस्पर्धा पनि गरिसकेको छ नेपालले। २५ वर्ष अघि नेपाली टिमले आजैका दिन बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

तत्कालीन नेपाली क्रिकेट टिमका उपकप्तान लेख क्षेत्रीले आजको दिन झल्झली सम्झेका छन्। २५ वर्षे यात्राको स्वर्ण सम्झनालाई उनले सामाजिक सञ्जालमा पेश गरे।

‘नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलका रुपमा सेप्टेम्बर ६, १९९६ मा बंगलादेशविरुद्ध खेल्दा त्यसको सदस्यका रुपमा आफूलाई पाउँदा गर्ववान्वित छु,’ क्षेत्रीले लेखेका छन्। साथै उनले त्यतिबेलाका टिम मेट, अफिसियल र परिवार लगायतलाई सम्झिएका छन्।

उनको टिममेट मध्येका एक थिए पवन अग्रवाल। पवनले पछि नेपाली टिमको नेतृत्व पनि गरे। २५ वर्ष अघिको त्यो ऐतिहासिक क्षण अझै पनि उनको स्मृतिबाट बाहिरिएको छैन।

प्रकाशित मिति: : 2020-09-06 23:51:20

प्रतिकृया दिनुहोस्