काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राखाैं: ललितपुरका प्रजिअ भट्ट

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैंसम्म निषेधाज्ञा जारी राख्न सुझाव दिएका छन्। 

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका हुन्।

‘आदेश जारी नभएको भए काेराेना संक्रमितकाे बृद्धिद्धर व्यापक भएर जान्थ्यो होला’ उनले भने, ‘दशैं आउँदैछ, केही सहजीकण गरेर भएपनि यसलाई दशैंसम्म राख्नुपर्छ होला।’

ललितपुरमा क्वारेन्टिन र आइसोलेसनको अभाव नभएको उनले बताए।  विदेशबाट आएकाहरूका लागि पनि राख्नका लागि पर्याप्त बेड भएको उनले समितिलाई जानकारी गराए।

उनले भने, ‘निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने थियो।’

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन्। भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते राति १२ बजेबाट सकिनेछ।

प्रकाशित मिति: : 2020-09-06 14:50:30

प्रतिकृया दिनुहोस्