सोमबार, १५ डिसेम्बर २०२५

युवा उद्यमीको ‘आइडिया’ : कोरोना कहरमा घुम्ती रक्तदान

News Image
• • •

सुवास पण्डित

 चितवनमा कोरोना भाइरस संक्रमण बढ्दै छ । निषेधाज्ञाका कारण मानिसहरु घरभित्र नै कैद छन् । जिल्लामा निषेधाज्ञा घोषणा गरिएसँगै रगतको चरम अभाव भयो । रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्नेहरु पनि निषेधाज्ञाका कारणले आउन सक्ने अवस्था भएन ।

अर्को तर्फ मेडिकल सिटीको रुपमा विकास भइरहेको भनिएको चितवनका धेरै अस्पतालमा भर्ना भएका बिरामीहरुलाई रगत अत्यावश्यक थियो । तर रक्तदान कार्यक्रम नहुँदा रगत उपलब्ध गराउन समस्या भयो । यही अप्ठेरोका बीच एउटा गजबको आइडिया निस्कियो– रगत संकलन गर्न घुम्ती रक्तदान कार्यक्रम सन्चालन गर्ने ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!