'बुवाको शव एकचोटी फोनमा देखाइदिनु न भन्नुभयो, सुनेर मनै कुँडियो'

डा. उदयनाराण सिंह वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा संयोजक छन्। अस्पतालमा अहिलेसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। तीमध्ये चार जनाले अन्तिम सास फेरेको उनले आँखैअगाडि देखेका छन्।

हुन त चिकित्सकको लागि मृत्युको दृश्य कुनै नौलो कुरा हैन तर डा. सिंहले कोरोनाले भइरहेको मृत्युको दृश्यले अरूबेला भन्दा फरक महशुस गरिरहेका छन्।

'आइसियूमा संक्रमितहरू छट्पटाइरहेका हुन्छन्। कतिलाई सास फेर्न गाह्रो भएर हात हल्लाइरहेका हुन्छन्। त्यो देख्दा निकै पीडा हुन्छ,' डा. सिंहले भने, 'फेरि त्यहाँ उहाँहरूका आफन्त पनि हुँदैनन्। कम्तिमा आफन्त भएको भए उहाँहरूलाई थप मनोबल आउन्थ्यो होला।' उनले बिरामीलाई औषधीदेखि खाना दिने काम सबै स्वास्थ्यकर्मीले नै गर्ने बताए। 

डा. सिंहले आफूलाई सबभन्दा पीडा युवा अवस्थाका संक्रमितहरूले ज्यान गुमाउँदा हुने सुनाए।

गण्डक अस्पतालमै भएको एक युवतीसहित दुई जना संक्रमितको मृत्युले अहिले पनि उनलाई खुनखुन बनाउँछ।

कम्तीमा बेलैमा आवश्यक उपचार गर्न पाएको भए नतिजा फरक हुन्थ्यो कि भनेर अहिले पनि उनी चुकचुकान्छन्।

प्रकाशित मिति: : 2020-09-04 23:38:23

प्रतिकृया दिनुहोस्