'मसिहा' आमाछोरी

सेतोपाटी

काठमाडौँ

रुमा रिजाल

सुनसरीको इनरुवा नगरपालिका-९, बबियाकी अलबिना १९ वर्ष पुगिन्। यो उमेरमै उनी धेरैका लागि सहयोगी र केहीका लागि आँखाको कसिंगर बनेकी छन्।

बबियामा मुस्लिम समुदायको बाक्लो बसोबास छ। यहाँ छोरी मान्छेहरू विरलै घरबाट बाहिर निस्कन्छन्। अलबिनालाई भने उनको परिवारले समाजमा जनचेतना जगाउन हौसला दिइरहेको छ। 

आफ्नी आमा सहजादीको प्रेरणाले अलबिना सामाजिक कार्यमा सक्रिय छन्। उनीहरू आमाछोरी नै बालविवाहविरूद्धका अभियन्ता हुन्। त्यसैले पनि कतिपय परम्परागत सोच राख्नेहरूले उनीहरूलाई 'राम्रो' मान्दैनन्। तर आफ्ना उमेर समूहका किशोरीका लागि अलबिना सबभन्दा नजिककी साथी हुन्। 

बालविवाह रोक्न स्वयम् किशोरीहरू नै सक्रिय हुनुपर्ने विश्वास अलबिना राख्छिन्।

प्रकाशित मिति: : 2020-09-04 10:27:36

प्रतिकृया दिनुहोस्