अर्थमन्त्री खतिवडाको कार्यकाल : आउँदा ताली, जाँदा गाली !

 चुनावपछि मन्त्रिपरिषद गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाहवाही दिलाउने पात्र बनेका थिए, अर्थमन्त्री डा. युवराज खतिवडा । नेपालमा पटक–पटक फेरिने सरकारमा विज्ञहरुले मन्त्री बन्न नपाइरहेका बेला डा. खतिवडा ओलीको क्याबिनेटमा सोझै ‘विज्ञ अर्थमन्त्री’ बन्न पाउने भाग्यमानी हुन् ।

दलमा लामो समय योगदान गरेका नेतालाई छाडेर ‘टेक्नोक्र्याट’लाई रोजिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सबैभन्दा आशा गरिएका पात्र थिए, राष्ट्र बैंकका पूर्वगभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका खतिवडा ।

नेकपा सचिवालयले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि अब अर्थमन्त्री डा. खतिवडाको कार्यकाल थपिने सम्भावना सकिएको छ । र, उनी आजैदखि सिंहदरबारबाट बाहिरिँदैछन् । खतिवडाको कार्यकाल भोलिसम्म रहने भएता पनि भोलि शनिबार परेकाले उनले अर्थमन्त्रीका रुपमा काम गर्न पाउने आज अन्तिम दिन हो ।

विज्ञका रुपमा अर्थमन्त्री खतिवडाले केपी ओलीको मन्त्रिपरिषदमा बसेर के–कस्ता कामहरु गरे ? यसबारे भविश्यमा समीक्षा हुँदै जानेछ ।

प्रकाशित मिति: : 2020-09-04 08:43:52

प्रतिकृया दिनुहोस्