पाटनको जात्रामा 'जात्रै' भयो, काठमाडौंको जात्रा कसरी शान्तिपूर्वक रोकियो?

पाटनको सबभन्दा ठूलो सांस्कृतिक उत्सव रातो मच्छिन्द्रनाथको जात्रामा यसपालि ‘जात्रै’ भयो।

एक त कोरोना महामारीबीच रथयात्रा हुने कि नहुने टुंगो नलाग्दै रथ बनाउने अनुमति दिइयो। दोस्रो, अन्यौलबीच नै बुंगद्यः (रातो मच्छिन्द्रनाथ) लाई रथमा विराजमान गराइयो र महिनौंदेखि सडकमा अलपत्र छाडियो।

त्यतिले नपुगेर, रातो मच्छिन्द्रनाथका मूल पुजारीले ‘कर्फ्यू लगाएर भए पनि जात्रा सम्पन्न गरौं’ भनी लिखित आग्रह गर्दागर्दै स्थानीय निकाय र प्रशासनबाट सुनुवाइ भएन।

यी सबैको नतिजा हो बिहीबारको घटना, जब निशेधाज्ञा तोड्दै सयौं संख्यामा भेला भएका स्थानीय र गुठियारहरूले रथ तानेर बीच सडकमा ल्याए। प्रहरीले रोक्न खोज्दा पनि भीडले टेरेन।

स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा चलाए, अश्रुग्यास हाने।। जवाफमा आक्रोशित भीडले प्रहरीमाथि ढुंगा बर्सायो, मोटरसाइकल तोडफोड गर्‍यो। एक जना ट्राफिक प्रहरीलाई त लखेट्दै लखेट्दै निर्घात कुटपिट गर्‍यो। घाइते प्रहरीले ‘हेल्मेट फुस्केको भए आफ्नो ज्यान जान सक्ने’ सेतोपाटीलाई बताएका छन्।

संस्कृति, सभ्यता र परम्परासँग जोडिएको रातो मच्छिन्द्रनाथका नाममा पाटनको पुल्चोक क्षेत्र क्षणभरमै तनावपूर्ण बन्यो।

उल्लासमय हुनुपर्ने जात्रास्थल रणमैदानमा परिणत भयो।

प्रकाशित मिति: : 2020-09-03 22:56:09

प्रतिकृया दिनुहोस्