महामारीका बीच एक अर्ब लगानीमा शंकर ग्रुपले सुरु गर्यो टिभिएस बाइकको उत्पादन

क्यापिटल

काठमाडौँ

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको व्यावसायिक घराना शंकर ग्रुपले नेपालमै टिभिएस मोटरसाइकल, स्कुटर तथा थ्री ह्वीलरको उत्पादन सुरु गरेको छ । 

नेपालमा टिभिएस बाइक तथा स्कुटर र थ्री ह्वीलरको मागर बजार बढ्दै गएपछि व्यावसायिक घराना शंकर ग्रुपले सिमरामा एसेम्बल्ड प्लान्ट राखेर उत्पादन सुरु गरेको हो ।  पछिल्ला केही वर्षयता टिभिएस मोटरसाइकल र स्कुटरमा युवा युवतीको ‘क्रेज’ अत्यधिक बढ्दै गएपछि नेपालमै एसेम्बल्ड फ्याक्ट्री खोलिएको ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए । 

‘हाम्रो प्लान्टबाट मोटरसाइकल उत्पादन सुरु भएको छ । त्यसैगरी, स्कुटर र थ्री ह्वीलरको पनि केही समयभित्रै उत्पादन सुरु गर्ने तयारी छ,’ उनले भने, ‘मोटरसाइकल, स्कुटर र थ्री ह्वीलर गरी हामीसँग तीन ओटा लाइन छ । त्यसमध्ये अहिले मोटरसाइकलको उत्पादन सुरु भइसकेको छ ।’

प्रकाशित मिति: : 2020-09-03 17:33:12

प्रतिकृया दिनुहोस्