बाह्रखरी
प्रदेश १ का स्थानीय तहले कोरोना संक्रमित व्यवस्थपान गर्न आफ्नै आइसोलेसन केन्द्र निर्माण गरेका छन् । तराईका जिल्लाबाट सुरु भएको यो कार्य विस्तारै पहाडतर्फ पनि थालनी गरिएको छ ।
प्रदेशद्वारा निर्माण गरिएको कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा आफ्ना नागरिकले ठाउँ पाउन छाडेपछि सुरुमा मोरङको विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाले आफ्नै आइसोलेसन केन्द्र सञ्चालन गरेका थिए ।
दुई स्थानीय तहले आफ्नै स्रोत-साधनबाट संक्रमितलाई उपचार गर्ने र रेखदेख गर्न आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएसँगै प्रदेशका अन्य स्थानीय तहले पनि आफ्नै पहलमा आइसोलेसन केन्द्र बनाउन थालेका छन् । धनकुटामा धनकुटा औद्योगिक ग्राममा २० शय्याको आइसोलेसन सुरु भएको छ । सुनसरीको इटहरी नगरपालिकाले आइसोलेसन निर्माण गर्न तयारी थालेको छ ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले आइसोलेसन केन्द्रको क्षमता ४० पुर्याउन आफूहरूले माग गर्दै आएको जानकारी दिएका छन् । भन्छन्, “हामीले त १०० बेड नै सञ्चालन गरौं भनेको हो तर ४० बेड बनाउन निजी क्षेत्र पनि सहयोग गर्न तयार छ ।” राईले आइसोलेसनको क्षमता विस्तार गर्न उद्योगी तथा व्यापारीहरूबाट समेत सहयोग हुने बताए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया