सोमबार, १५ डिसेम्बर २०२५

१० हजार धरौटी जम्मा भएपछि कारागारबाट छुटेकी भगवतीले भनिन्-भगवान बनेर मलाई सहयोग गर्नुभयो

देशसञ्चार

देशसञ्चार

काठमाडौँ
News Image
• • •

दिपा दाहाल 

वीरेन्द्रनगर – चोरी सम्बन्धी मुद्दामा १० हजार धरौटी तिर्न नसक्दा जिल्ला काराकगार सुर्खेतमा थुनामा रहेकी दैलेखकी भगवती (नाम परिवर्तन) कारागारबाट छुटेकी छन्।

देश सञ्चारबाट प्रकाशित भगवतीको स्टोरी पढेर इजरायलमा बस्दै आएकी भक्तपुर बालकोटकी कमला दाहालले सहयोग स्वरुप भगवतीका लागि पठाएको १० हजार रुपैयाँ धरौटी जिल्ला अदालत सुर्खेतमा दाखिला गरेपछि भगवती कारागारबाट छुटेकी हुन्।

भगवती अब यही भदौ ३० गते बकपत्रका लागि अदालत उपस्थित हुनुपर्ने छ। अत्याधिक माधक पदार्थ सेवन गरी श्रीमानले कुटपिट गरेपछि छिमेकीको शरणमा पुगेकी भगवतीलाई छिमेकीले मोबाइल र सुनको सिक्री चोरोको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्।

२५ दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेकी भगवती १० हजार रुपैयाँ धरौटी अदालतमा दाखिला गर्न नसकेपछि १४ दिन अघि थुनामा पर्न बाध्य भएकी थिइन्।

उनले यो बीचमा आफूलाई आफ्ना श्रीमानले अस्वीकार गर्ने सम्भावना प्रवल रहेको र आफ्नो बच्चा पाल्न सक्ने आर्थिक हैसियत नभएको भन्दै आफ्नो २ महिनाको गर्भ फाल्नका लागि जिल्ला अदालत सुर्खेतसँग अनुमति मागेकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!