बिएल संवाददाता
भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘ यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्षा गर्नेछ । यो निर्णयले भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित छ ।’ विज्ञप्तिमा भारत सरकारले विभिन्न श्रोतहरुबाट यी एप्सको दुरुपयोगबारे गुनासाहरु प्राप्त भएको समेत जनाइएको छ ।
जसमा एन्ड्रोइड र आइओएसमा उपलव्ध केही मोबाइल एप्स प्रयोगकर्ताका डाटा अनौपचारिक रुपमा चोरी भएको र भारतबाहिर सर्भरमा पठाइएका रिपोर्टहरु समेत सरकारलाई प्राप्त भएको जनाइएको छ । यसअघि जून महिनामा पनि भारतले टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।
लद्दाखस्थित सीमानामा दुई देशका सेनाबीच थप तनाव बढेपछि भारत सरकारले चीनप्रति कडा नीति लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
यी हुन् प्रतिबन्ध भएका थप ११८ चिनीया एप
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया