भारतीय जनतालाई संविधानको एउटै मालामा बाध्ने डा. बाबासाहेब भीमराव अम्बेडकरका पूर्खाहरू महाराष्ट्रको रत्नागिरी जिल्ला दापोली तहसिल गाउँका हुन्। आम्बेडकर महार जातिका थिए। उनको पूर्खाहरू नागवंशी थिए भने कबिरपन्थ मान्थे। उनी आफ्नो आमा–बुवाका चौधौं सन्तान हुन्।
उनको जन्म १४ अप्रिल सन् १८९१ मा मध्य प्रदेशको इन्दौरस्थित महु आर्मी गणमा भएको थियो।
अम्बेडकरका बुवा रामजी सकपाल ईस्ट इन्डिया कम्पनीको मुम्बई (त्यतिबेला बम्बै) स्थित महार सेनामा सुबेदार पदमा कार्यरत थिए। महार जातीका व्यक्ति हस्टपुस्ट, बलियो तथा लडाकु स्वभावको हुने हुँदा ब्रिटिश इन्डियाका शाषकहरूले यो क्षेत्रका मानिसलाई सेनामा भर्ना गर्थे।
त्यतिबेला भारतमा छुवाछातको ठूलो समस्या थियो। यसै कारण सर्वण जाती, मुगल र पेशवाहरू महर जातीलाई आफ्नो सेनामा भर्ति गर्दैन्थे। सन् १८९२ मा अछुत जातीलाई सेनामा भर्ति गर्न प्रतिबन्ध लगाइएको थियो। सन् १८८९ मा गटेकर कमिशनले सबै अछुत जातीका सेनालाई जागिरबाट हटाउने निर्णय ग¥यो, जसका कारण बाबासाहेबले बाल्यकालदेखि नै छुवाछुतको पिडा भोग्नु प¥यो।
अंग्रेजहरूको शाषनमा सार्वजनिक क्षेत्र, पाठशाला, मठमन्दिर, ईनारलगायत सबै ठाउँमा जातिय विभेद गहिरो थियो। बाबा साहेबलाई यी कुराले निकै मन कुडिँएको रहेछ। पहिले मानिसहरू आफ्नो थर गाउँको नाममा राख्ने गर्थे। महारमा बसोबास गर्ने कारण पहिले भीमरावको थर महार थियो।
स्कुलमा अध्ययनरत रहँदा भीमरावको भेट मानवतावादी एक ब्राम्हण प्राचार्यसँग भयो। उनको थर अम्बेडकर थियो। उनी भीमरावको कुसाग्र बुद्धिबाट निकै प्रभावित थिए। त्यसैले उनले आफ्नो थर भीमरावलाई दिएका थिए।
भीमराव पनि आफ्नो गुरुको मानवतावादी सोच तथा व्यवहारबाट सानैदेखि प्रभावित थिए। त्यसैले उनलाई आफ्नो नामको पछाडि गुरुको थर थप्न केही गाह्रो लागेन। उनले यसलाई गुरुको आर्शिवादको रूपमा स्विकार गरे।
भीमराव आफ्नो गुरुलाई सर्वोच्च मान्थे। त्यसैले भीमराव देशको कानुन निर्माता हुँदा पनि आफ्नो गुरुको थरसँग समीप रहें। गुरु र चेलाको यो सम्बन्ध बाबा साहेबको महानिर्वाणसम्म कायम रह्यो। जुन अहिले पनि यथावत छ।