नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ।
निगमका अनुसार वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरिएको हुन्छ।
त्यसअनुसार निगमले चार वटा गन्तब्यका लागि क्लासअनसारको भाडा तोकेको छ।
तोकिएको हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएकोले निगमले जनाएको छ। निर्धारित भाडादर भन्दा बढी रकम तिरी कसैले पनि टिकट खरिद नगर्न पनि निगमले आग्रह गरेको छ।
उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सिट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने निगमको भनाइ छ।
पर्यटन मन्त्रालयका अनुसार अब अरु विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडादर राखेमा नेपालमा उडानको अनुमति नपाउने भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बढी भाडा असुल्ने गरी नेपालमा उडानको अनुमति नदिन मन्त्रालयले निर्देशन दिएको छ
|