अस्पतालको शहरमा उपचारका लागि भौतारिँदै मर्दै छन् बिरामी

काठमाडौं : मेडिकल सिटी भनेर चिनिने भरतपुरमा निजी अस्पतालको लापरवाहीका कारण मानिसहरुको ज्यान जान थालेको छ। अस्पतालमा उपचारका लागि जाने व्यक्तिलाई उपचार नगरी कोभिड-१९ को बहाना बनाएर भर्ना नलिँदा सोमवारमात्र तीन जनाले ज्यान गुमाएका छन्।

भरतपुर - ११ का ६५ वर्षीय पुरुष सुरुमा भरतपुरको एक निजी अस्पतालमा उपचारका लागि पुगे। चितवन अस्पतालमा पुगेका उनलाई एक्सरे गरेपछि कोभिड-१९ को आशंकामा उपचारका लागि भर्ना गर्न मानेन र भरतपुर अस्पताल पठायो। उनी दिउँसो २:३० बजे भरतपुर अस्पताल पुगे। अस्पतालको आकस्मिक कक्षमा उनको परीक्षण सुरु भयो। आधा घण्टामा नै उनको मृत्यु भयो। मृत्युपछि उनको स्वाब संकलन भयो।

प्रकाशित मिति: : 2020-09-02 15:11:45

प्रतिकृया दिनुहोस्