दुईहप्ते निषेधाज्ञाको उपलब्धि : थप ६०८ परीक्षण !

१६ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले ४ भदौदेखि सुरु गरेको निषेधाज्ञा १७ भदौसम्म कायम छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो निषेधाज्ञा प्रमुख तीन कारणले लगाइएको हो । पहिलो, समुदायमा छरिएर रहेका संक्रमितहरूलाई परीक्षणको दायरामा ल्याएर आइसोलेट गर्न, अर्थात समुदायस्तरमा परीक्षण गर्न । दोस्रो, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई कन्ट्याक्ट ट्रेसिङ गरेर महामारी नियण्त्रणमा प्रभावकारी भुमिका खेल्न । 

तेस्रो, उपचारात्मक सेवामा विस्तार गर्न अर्थात संक्रमितलाई राख्नका लागि आइसोलेसन, आईसीयू र भेण्टिलेटर जस्ता साधनहरू थप गर्नु ।

त्यसो भए माथिका उद्देश्य पूरा गर्न निषेधाज्ञा अवधिमा सरकारले के–के गर्‍यो त ? स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको बनीबनाउ जवाफ सुन्नुअघि एकपटक सरकारले नै संकलन गरेको तथ्यांक तुलना गरेर हेरौं ।

उपत्यकामा निषेधाज्ञा सुरुअघिको १२ दिनमा (साउन २२ गतेदेखि भदौ ३ गतेसम्म) ८ वटा सरकारी प्रयोगशालाहरूले ३२ हजार ५ सय ८१ वटा स्वाब परीक्षण गरेका थिए । त्यही अवधीमा ९ वटा निजी प्रयोगशालाले १३ हजार ४ सय ८३ वटा स्वाब परीक्षण गरे ।

प्रकाशित मिति: : 2020-09-01 22:47:01

प्रतिकृया दिनुहोस्