पूर्वाञ्चल विश्वविद्यालयले ‘टाइम बाउन्ड’ विधिबाट परीक्षा लिँदै, कसरी हुन्छ यो परीक्षा?

पहिलोपोष्ट

काठमाडौँ

मुकुन्द घिमिरे

कोभिड-१९ को महामारीका कारण कक्षा सञ्चालन र परीक्षाबारे अन्योलको अवस्था चलिरहँदा पूर्वाञ्चल विश्वविद्यालयले भर्चुअल विधिबाट परीक्षा लिने तयारी अघि बढाएको छ। भदौ १४ गते बसेको विश्वविद्यालको प्राज्ञिक परिषद र कार्यकारी परिषदको बैठकले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरेको हो।

विश्वविद्यालय परीक्षा सञ्चालनका लागि कार्यविधिसमेत आज सार्वजनिक गरिसकेको छ। 

जसमा सेमेस्टर परीक्षा प्रणालीअनुसार स्नातक तथा स्नाकोत्तर तहको नियमित तर्फको परीक्षा 'टाइम बाउन्ड होम इक्ज्याम' विधिबाट सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ। परीक्षा असोजको पहिलो साताबाटै गराउने तयारी रहेको छ।

त्यस्तै वार्षिक तर्फका नियमित/आंशिक र सेमेस्टर तर्फका आंशिक परीक्षाबारे पछि निर्णय हुँदै जाने बताइएको छ।

प्रकाशित मिति: : 2020-09-01 17:09:46

प्रतिकृया दिनुहोस्