कोरोना बीमा गर्ने सोच्दै हुनुहुन्छ? यी तथ्यहरु थाहा पाइराखौँ

देशसञ्चार

काठमाडौँ

पूर्णिमा बिक

 

बीमा समितिले वैशाख ७ गतेदेखि औपचारिक रुपमा कोभिड–१९ सम्बन्धी बीमालेख जारी गर्‍यो। त्यसको करिब एक महिनापछि अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते चालु आर्थिक वर्षको बजेट भाषण गर्दै एक लाख रुपैयाँको कोरोना बीमा सरकारले गरिदिने घोषणा गरे।

तर बीमा समितिका प्रवक्ता राजु रमन पौडेलले सरकारले एक लाख रुपैयाँको बीमाङ्कमा अनुदान दिने नभएर शुल्कमा अनुदान दिने बताए।

उनले भने, ‘सरकारले बीमा शुल्कमा अनुदान दिने हो न कि बीमाङ्कमा। सकारले सामूहिक रुपमा गरेको बीमाङ्क शुल्कमा अनुदान दिने हो। एकलमा अुदान दिँदैन। जस्तो कुनै परिवारले सामूहिक रुपमा बीमा गर्‍यो त्यसमा उसले गरेको बीमाङ्क आधी शुल्क सरकारले अनुदान दिने हो।’

सरकारले सरकारी कर्मचारीलाई शतप्रतिशत र सर्वसाधारणलाई बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिनेछ।

यस्तै नेपाली नागरिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा सामूहिक बीमालेख खरिद गर्न सक्नेछन्। बीमालेखलाई दुई तहमा बीमाङ्क कायम गरिएको प्रवक्ता पौडेलले बताए।

प्रकाशित मिति: : 2020-09-01 14:37:48

प्रतिकृया दिनुहोस्