कालिकोटको रास्कोट नगरपालिका-२ की सिरा सार्कीको घरमा चौथो सन्तान जन्मिदै थियो। यसअघि पनि उनका दुई छोरी र एक छोरा थिए।
कान्छो छोरालाई भने उनले देख्न पाइनन्।
भदौ ९ गते सिराले छोरा जन्माएकी थिइन्। तर उनले छोरालाई काखमा लिन पाइन् किनकी सुत्केरी हुँदा उनी जीवन-मरणको दोसाँधमा थिइन्। छोराको मुख पनि हेर्न नपाई उनले मृत्यु वरण गरिन्।
समयमा राम्रो उपचार नपाएका कारण उनको ज्यान गएको परिवारले बतायो।