आइसीयु, भेन्टिलेटर खोज्दैमा जान्छ संक्रमितको ज्यान

बुटवलका ६७ बर्षे एक पुरुषलाई ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि आइतबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल लगियो। मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका ती संक्रमितलाई तत्कालै आइसीयुमा राखेर उपचार गुर्न पर्ने थियो।

तर बिडम्बना बुटवलको कोभिड अस्पतालको आइसीयुमा बेड खाली  थिएन। भैरहवाको  भिम अस्पतालमा आइसीयु, भेन्टिलेरका उपकरण थिए तर सेवा थिएन। चिकित्सकहरुले बाध्य भएर संक्रमितलाई चितवन रेफर गरे। परिवारले बिहानभरी एम्बुलेन्स खोजे पाएनन्। केही सिप नचलेपछि प्रादेशिक अस्पतालकै फिबर क्लिनीकमा ती संक्रमितको उपचार थालियो। तर दिउसो उनको मृत्यु भयो। ‘समयमै आइसीयु भेन्टिलेरमा राख्न पाएको भए बचाउन सकिन्थ्यो की’ प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा सुदर्शन थापाले भने। 

गत सोमबार गैडहवाका एक जना संक्रमित पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भयो। घरको छतबाट खसेका ती पुरुषलाई कोरोना पुष्टि भएपछि  भैरहवा मेडिकल कलेजले भिममा रेफर गरयो। गम्भिर अबस्थाका ती संक्रमितलाई आइसीयु नहुँदा आइसोलेसन वार्डमै राखीयो। सोही दिन राती उनको मृत्यु भयो। आइसीयु भेन्टिलेर सुविधा नहुँदा गम्भिर अबस्थाका संक्रमितको उपचार प्रभावकारी हुन नसकेको भिमकै कोरोना फोकल पर्सन डा सुमित प्रजापतीले बताए। त्यसोत भिम पनि प्रदेशका सुविधा सम्पन्न भनिएका आइसोलेसन अस्पताल मध्येकै एक हो। तर बास्तविकता त्यहाँ भएका आइसीयु भेन्टिलेटरका उपकरण थन्काएर राखिएको छ।  

प्रकाशित मिति: : 2020-08-31 23:47:18

प्रतिकृया दिनुहोस्