लकडाउनले फेवातालको डिलमा पुर्‍यायो दिलबहादुरलाई

सेतोपाटी

काठमाडौँ

युवराज श्रेष्ठ

फेवातालमा प्लास्टिकका बोतल तैरिरहेका देखिन्छन्।

यी बोतल आगन्तुकले पानी खाएर तालमा फालेका होइनन्। तिनलाई डोरीले बाँधिएको छ।

रित्ता डुङ्गाहरू पनि फेवातालमा अचेल एक्कै ठाउँ तैरिरहन्छन्। ती बोतल र ढुङ्गालाई डोरीले जोडेको छ। छालले डुङ्गालाई नलैजाओस् वा वर्षाको पानीले डुबेको डुङ्गालाई पछि चिन्न सकियोस् भनेर यसरी बाँधिएको हो।

डुङ्गालाई त डोरीमा बाँधिएका बोतलले छालबाट जोगाउलान्। फेवातालमै डुङ्गा चलाएर जीविका धान्ने सिन्धुलीको फिक्कल गाउँपालिका-५ सोल्पाका ५१ वर्षीय दिलबहादुर पुलामी मगरको जिन्दगीलाई थामेर राख्ने डोरी भने छैन।

कोरोना भाइरसको महामारी रोक्न चैत ११ देखि लकडाउन भएपछि फेवातालमा चल्ने डुङ्गालाई सोझै असर पर्‍यो। उसो त वर्षामा ढुङ्गा चढ्ने खासै मान्छे हुँदैनन्। यसपालि त पर्यटकीय सिजनलाई नै कोरोनाको महामारीले खाइदियो।

लकडाउन भएको पनि छ महिना पुग्न लाग्यो। यसबीचमा हावाको झोंकाले ल्याएका पानीको लहरले डुङ्गा यताउता गरिरहन्छन्।

दिलबहादुरले पनि महामारीको बीचमा जीविका चलाउन कहिले के गर्छन् कहिले के। 

प्रकाशित मिति: : 2020-08-31 14:46:19

प्रतिकृया दिनुहोस्