‘संगीतमा डुब्‍न आउनुस्, डुबाउन होइन’

बाह्रखरी

काठमाडौँ

नरेश फुयाँल

कलाकारहरुले सांगीतिक क्षेत्रलाई ‘नडुबाउन’ आग्रह गरेका छन् । गीत-संगीतका नाममा विकृति फैलिएको भन्दै कलाकारहरुले गायनमा सुर र तालको हेक्का हुने पर्नेमा जोड दिएका छन् ।

गायक तथा संगीतकारहरु भक्तराज आचार्य, हेमन्त शर्मा, कालीप्रसाद बास्कोटा र हरि लम्सालले दीर्घकालीन रुपमा गीत-संगीतमा लाग्‍नलाई साधना गनुपर्नेमा जोड दिएका छन् ।

गायक तथा संगीतकार भक्तराज आचार्य संगीतलाई डुबाउन होइन यसमा डुब्‍न आउनुपर्ने बताउँछन् । उनी गीत-संगीतमा आउनेलाई सुर ज्ञान हुनुपर्ने, शब्द उच्चारण राम्रो हुनुपर्नेमा जोड दिन्छन् । सुर, ताल र शब्द उच्चारण राम्रो नहुने व्यक्तिले गीत-संगीतलाई डुबाउने उनी बताउँछन् ।

भक्तराज आफूलाई भेट्न आउने अहिलेको पुस्तालाई पनि संगीतको ज्ञान लिएर मात्रै गायन तथा संगीतमा प्रवेश गर्न सुझाव दिन्छन् । उनी आज गाएर भोलि बिर्सिनेभन्दा पनि कालजयी गीत गाउन सुझाउँछन् ।

प्रकाशित मिति: : 2020-08-31 14:42:41

प्रतिकृया दिनुहोस्