कोरोनाले घरमा मनाेरञ्जन बढेपछि महिलाहरु यौन हिंसामा परेका छन्ः बन्दना राणा

देशसञ्चार

काठमाडौँ

बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यको रुपमा संयुक्त राष्ट्र संघको कार्यालयमा कार्यरत छिन्।

तीन दशक भन्दा बढी महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको अनुभव बन्दना राणासँग छ । अहिले कोरोनाको कहरमा धेरै देश परेका छन् । यसमा महिला बालबालिकाको अवस्था बिग्रँदो छ । यसै सन्दर्भमा नेपाली महिलाको अवस्था बारे राणासँग गरिएको कुराकानी।

अहिले विश्व सँगै हामी पनि कोरोनाको कहरमा छौँ । ४ महिना लकडाउनमा पनि गयौँ अहिले पनि निषेधाज्ञामा छौँ । कोरोनाले नेपाली महिलामा कस्तो प्रभाव पारेको छ ?

महामारी अप्रत्यशित रुपमा आएको र विश्वले नै पूर्व तयारी नगरेको क्रममा हाम्रो राष्ट्रमा पनि पूर्व तयारी भएको भन्न सकिने अवस्था छैन । यस सँगै महिलामा कस्ता प्रभाव पार्‍यो भनेर ध्यान पुगेको छैन । अहिले कसरी हुन्छ संक्रमण बढ्न नदिने भन्ने कुरामा बढी केन्द्रीत भएको छ ।

बन्दाबन्दी निषेधाज्ञाको कुरा आयो तर त्यसले महिलाहरुलाई कस्तो प्रभाव पर्यो वा परेको छ भन्ने कुरा केही सांकेतिक तथ्याङ्क आएका छन् ।

आत्महत्याका कुरा, यौन हिंसाका कुरा, महिलामाथि हुने हिंसाका कुरा ।

यो अवस्थामा पुर्नस्थापना केन्द्र कसरी सञ्चालन भयो भन्ने कुराको सांकेतिक अध्ययन भएका छन् । तर सांकेतिक अध्ययन भन्दा पनि विश्वकै आंकडा हेर्यौँ भनेपनि एकदमै विकसित राष्ट्रहरु फ्रान्स, जर्मनी, युके, युएसए, क्यानडा अष्ट्रेलियामा पनि लक डाउनको अवधिमा ३० देखि ४० प्रतिशत महिला हिंसामा परेको घटना विवरण आइसकेको छ ।

त्यही अनुमान गर्‍यौँ भनेपनि हामीकहाँ कति भन्ने कुरा थाहा हुन्छ । एकदमै तल्लो वर्गमा रहने, सिमान्तकृत, दुर्गम क्षेत्रमा, कम पूर्वाधार भएका क्षेत्रमा महिलामाथि हिंसा झन बढेको अवस्था र गरिबीमा रहेका महिलामा झन बढ्ने कुराले पनि पुष्टि हुन्छ । आँकडा नै चाहिँदैन पुष्टि हुन्छ की महिलामाथि हिंसा बढेको छ भनेर । म आफै पनि यो क्षेत्रमा काम गरेको हुनाले पनि भन्न सक्छु हिंसा बढेको छ भनेर ।

प्रकाशित मिति: : 2020-08-31 14:04:46

प्रतिकृया दिनुहोस्