बिएल संवाददाता
सेन्ट लुसिया जुक्सले क्यारेवियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा इतिहासमा सबैभन्दा कम रनको लक्ष्य रक्षा गर्ने टोलीको कीर्तिमान बनाएको छ।
सोमबार बिहान भएको खेलमा सेन्ट लुसिया जुक्सले बार्बाडोसलाई दिएको ९३ रनको झिनो लक्ष्य पुरा गर्न नसकेपछि रेकर्ड बनेको हो। उक्त खेलमा बार्बाडोसले पहिलो हार ब्यहोर्यो। जुन ३ रनको थियो।
पहिला ब्याटिङ गरेको सेन्ट लुसिया जुक्स १८ ओभरमा अलआउट हुँदै ९२ रनमा सिमित भएको थियो। सेन्ट लुसिया जुक्सका तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके।
नाजिबुल्लाह जद्रानले सर्वाधिक २२ रन बनाए।
सेन्ट लुसिया जुक्सलाई सस्तोमा समेट्न हेडन वाल्सले ३ र रेमन रैफरले २ विकेट लिए।
यता रसिद खान, जेसन होल्डर, जोसुवा बिसोप र एस्ली नर्सले एक एक विकेट हात पारे।
सेन्ट लुसिया जुक्स कम योगफलमा सिमित बनाएको बार्बाडोसले २० ओभर खेल्दा ७ विकेट गुमाएर ८९ रनमात्र जोड्न सक्यो। बार्बाडोसका ओपनर जोन्सन चाल्सले सर्वाधिक ३९ रन बनाए।
उनले पहिलो विकेटका लागि साई होपसँग ३२ रनको साझेदारी गरे। होपले १४ रन बनाए। यता कोरी एन्डर्सनले ११ र नर्सले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
बार्बाडोसलाई जितका लागि अन्तिम दुई ओभरमा १३ रन आवश्यक थियो। जुक्सका बलर जेभिल ग्लेनले १९ औँ ओभरमा एक विकेट लिएर चार रनमात्र दिए। उनले त्यस ओभरमा रसिद खानलाई आउट गरेका थिए।
यता २० औँ ओभरमा ९ रनकाे अवाश्यक थिया। तर अन्तिम ओभर बलिङ गर्न आएका रोस्टन चेजले एक विकेट हात पारे। उनले तीन बलमा उनले पाँच रन खर्चिए।
जुक्सका बलर ग्लेनले ३ ओभरमाा ११ रन खर्चिएर २ विकेट हात पारे। यता केस्रिक विलियम्सले तीन ओभरमा १२ रन दिएर २ विकेट लिए। ४ ओभर बलिङ गरेका चेजले पनि केवल १४ रन खर्चिएर एक विकेट हात पारे।
७ खेलबाट १२ अंक भएको बार्बाडोस शीर्ष स्थानमा छ। समान खेलबाट १० अंक भएको जुक्स दोस्रो स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया