‘रिस्क जोन’ मा दिनहुँ स्वाबसँग खेल्ने नर्सहरु भन्छन्, ‘सुरुमा निकै डरायौँ’

रातोपाटी

काठमाडौँ

शम्भु दंगाल 

हामी आफू बसेको ठाउँ नजिकै कसैलाई कोरोना सङ्क्रमण भयो भने निकै डराउने र आत्तिने गर्छौं । तर शङ्कास्पद कोरोना सङ्क्रमितहरुबाट सङ्कलन गरिएको स्वाबसँग हरेक दिन ल्याबमा खेल्ने स्वास्थ्यकर्मीको अवस्था कस्तो होला ? स्वास्थ्य संस्थामा सङ्कलित ती स्वाबका नमुनामध्ये कतिपयमा कोरोना भाइरस हुन्छ भने कुनैमा हुँदैन । पीपीई मास्क पञ्जाभित्र आफूलाई थुनेर सङ्कलन गरेको स्वाबबाट जिन छुट्याएर त्यो जिनमा कोरोना छ कि छैन भनेर हरेक दिन हेर्ने काम कम्ता चुनौतीपूर्ण छैन । अतिकति तलमाथि प-यो भने त्यो भाइरस आफैलाई सर्ने खतरा हुन्छ  । 

यतिबेला संसारभरका स्वास्थ्यकर्मीहरु तपाईं हामीजस्ता करोडौँको स्वाबसँग ल्याबमा खेलिरहेका छन् । सबैभन्दा जोखिमयुक्त क्षेत्रमा बसेर यसरी कोरोना सङ्क्रमण नेगेटिभ वा पोजेटिभ छुट्टयाउने काम गर्ने धेरै स्वास्थ्यकर्मी आफै कोरोनाको शिकार पनि भएका छन् । यसरी सबैभन्दा ‘रिस्क जोन’ अर्थात खतरा मोलेर काम गर्ने स्वास्थ्यकर्मीको अनुभव कस्तो होला ? हामीले २ जना स्टाफ नर्सको अनुभव समेट्दैछौँ । ललितपुरको सानेपामा रहेको मोर्डन टेक्निकल कलेजले स्टार हस्पिटलसँग सहकार्य गरेर सञ्चालन गरेको कोरोना ल्याबमा काम गर्ने स्वास्थ्यकर्मी मध्ये नर्सद्वय टिना उप्रेती र श्रद्धा थापाको अनुभूति यस्तो छ :  

प्रकाशित मिति: : 2020-08-30 16:49:23

प्रतिकृया दिनुहोस्