कोरोना भाइरसको महामारीः नाका व्यवस्थापनमा कहाँ चुक्यो सरकार?

पा – गत चैत ११ गते लकडाउन सुरु हुन अघिदेखि नै भारतबाट नेपालीहरू नेपाल आउन सुरु गरिसकेका थिए। तर, जुन बेला भारतबाट नेपालीहरु आउन सुरु गरे नेपाल–भारतका सीमा क्षेत्रमा एक किसिमको त्रास थियो।

कतै ती आउने नेपालीहरूमा कोरोना भाइरसको संक्रमण त छैन ! भारतमा कोरोना भाइरसका संक्रमितहरू दिनहुँ बढ्ने क्रममा थिए भने नेपालमा एकाध जनामा मात्र संक्रमण पुष्टि भएको थियो।

नेपालीहरू भारतबाट आउन थालेका केही दिन सीमा नाकाहरू अस्तव्यस्त बनेका थिए।

कोरोना भाइरसबाट संक्रमित बन्नेहरुको संख्या छिमेकी मुलुक भारतमा बढ्दै जाँदा नेपाल-भारत सीमाका काँकरभिट्टा (झापा), रक्सौल (वीरगञ्ज), सुनौली (भैरह्वा) र बनबासा (कञ्चनपुर) गरी चार वटाबाहेक अन्य नाकाहरू बन्द गरिएको घोषणा नेपालले गरेको थियो। तर, बन्द गरिएका नाकाहरूबाट पनि नेपालीहरूको आउने क्रम रोकिएन। विशेषगरि रातको समयमा उनीहरू नेपाल प्रवेश गर्ने गर्थे।

सीमामा रहेका सुरक्षाकर्मीले भेटेको खण्डमा उनीहरूलाई क्वारेन्टिनमा राख्ने काम गरे। तर, कतिपय लुकेर आएर गाउँरघरमा पसे।

प्रकाशित मिति: : 2020-08-30 10:00:02

प्रतिकृया दिनुहोस्