कविता
कालो अनुहार
यो शब्द सुन्दैमा
मन हतास र रोगि भइ दिन्छ
कुनै महा पापको अभिशाप बोकेर हिँडे झैं
मन मस्तिष्क लाई लावारिस पारिदिन्छ
किनभने
मस्तिष्क भित्र
ज्ञान विज्ञान परिपूर्ण भएपनि
अनुहारको रङ्ग र छाला कालो छ भने
उसको कालो अनुहार नै साबुत हुँदोरहेछ
अग्निको सातै फेरो लिएर पनि के हुँदोरहेछ
जब अग्निको धुवाँ को अनुहार नै कालो हुँदा
तिजको वर्त को अर्थ पनि
आज भोलि कहाँ सक्कली देखन पाइन्छ
तेइ भएर कलियुगमा सावित्री लाइ
कालो यमराजले आउन कहाँ दिन्छ र।
यो रंगभेदको कथामा व्यथा नै व्यथा छ
मन जतिसुकै ने सङ्लो किन नहोस्
तर त्यो मनको छाला कालो छ भनि
सङ्लो मनको सुन्दरता पनि कालो नै हुँदोरहेछ।
त्यही भएर कालोले काली नै रोज्नु
गोरो ले गोरी नै रोज्नु
तर मुख मा राम भनेर बगलिमा छुरा न राख्नु
छुरा न राख्नु छुरा न राख्नु।