हलिउडका एक्ला नेपाली हिरो

विश्वकै ठूलो डिजिटल मुभी प्लेटफर्म अम्याजन् प्राइम भिडियोमा तीन सातादेखि एउटा फिल्म ट्रेन्ड्रिङमा छ– फाइट अफ फ्यूरी। 

फिल्मको कभर पोस्टरमा छन् – ब्रुस लि पोजका एक मङ्गोल अनुहार । उनी हुन् – सन्नी बी । हलिउड पुगेपछि सन्नी बी नाउँ राखेका पाल्पा, तानसेनका सन्नी केसी यो फिल्मका नायकमात्र नभई निर्देशक पनि हुन् । 

अम्याजन प्राइम भिडियोमा आफ्नो फिल्मले प्रशंसा पाउँदै गएपछि सन्नीले काठमाडौंप्रेससँग भने, ‘हलिउड आएको २५ वर्षपछि मेरो ड्रिम बल्ल पूरा भएको छ ।’

नेपालको सामान्य परिवारमा जन्मे–हुर्केर बलिउड हुँदै हलिउड पुग्न सन्नीले लामो र कठिन यात्रा पार गरेका छन्। ‘३० वर्षअघि एसएलसी पास गरेर नाइट बस चढेर काठमाडौं पढ्न हिँडेको थिएँ, अहिले म हलिउडमा छु,’ विगत सम्झदै उनले भने, ‘यो यात्रा फूलले सिँगारिएको पक्कै थिएन, बाटाका काँडाहरू पन्छाउदै यहाँसम्म आइपुगेको हुँ।’ पहिलोपटक अमेरिकाको लस एन्जल्स पुग्दा उनी बेभर्ली हिल्समा गएर टोलाई बस्थे। लस एन्जल्सको बेभर्ली हिल्स हलिउडका अधिकांश कलाकारहरू बस्ने क्षेत्र हो। 

प्रकाशित मिति: : 2020-08-29 13:53:28

प्रतिकृया दिनुहोस्