लियोनल मेसी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित हुन चाहेको उनका पिताले बताएका छन्।
३३ वर्षका मेसीले गएको मंगलबार बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए। यसका अलवा अध्यक्ष जेसेप मारियाले मेसीले सार्बजनिक रुपमा आफुसँग समस्या भएका कारणले बार्सिलोना छोड्न खोजेको बताएका थिए।
मेसीको समग्र प्रकरणका बीच अहिलेसम्म मेसीले बार्सिलोना छोड्ने सम्भावना बढी भएको र जाने क्लब म्यानचेस्टर सिटी लगभग तय नै भएको दाबि विभिन्न मिडिया रिपोर्टमा गरिएको छ।
मेसीले बार्सिलोनालाई पत्र बुझाउनु भन्दा पहिले नै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई टेलिफोन गरेका थिए।
उनले टेलिफोनमा पेप ग्वार्डिओलालाई भनेका थिए, ‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु र त्यो केवल तपाईँको प्रशिक्षणमा खेलेर मात्रै सम्भव छ।’ यो दाबीसहितको खबर स्पेनिस पत्रिका मार्काले प्रकाशित गरेको छ।
सिटीले अनुबन्धको लागि बार्सिलोना समक्ष तीन खेलाडी र ८९.५ मिलियन युरो अफर गरेको स्पेनिस मिडियाले दाबि गरेका छन्।
समाचारमा जनाइएअनुसार सिटीले मेसीका लागि आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ। सिटीले मेसी आउने खण्डमा सिल्भालाई बार्सिलोना पठाउन आनाकानी गर्ने छैन। यता बार्सिलोनालाई पनि सिल्भाको आगमनले दिर्घकालिन समाधान हुने देखिन्छ।
गाब्रियल जिससलाई बार्सिलोनाले लुइस स्वरेजको ठाउँमा लैजान यसअघि पनि प्रयास गरेकाे थियाे। तर सफल हुन सकेकाे छैन।
मिडिया रिपोर्टमा मेसीले व्यक्तिगत हिसाबले सिटी आउन सहमत भएको बताइएको छ। सिटीको शर्तहरु बार्सिलाेनाले स्वीकार गरे प्रशिक्षक पेप ग्वार्डिओला र मेसीको पुनर्मिलन पनि हुनेछ।
ग्वार्डिओलाले बार्सिलोनामा मेसीलाई २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए। गुग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा क्लबले लगातार सफलता हात पर्नुका साथै मेसीले आफूलाई विश्व स्तरीय खेलाडीको रुपमा स्थापित गरेका थिए।
त्यसबेला मेसीले आफ्नो खेलमा व्यापक सुधार गर्दै टोलीका साथै व्यक्तिगत सफलता हासिल गरेका थिए। स्पोर्ट्स मेलको अनुसार प्रशिक्षक पेप र मेसी इतिहाद सर्ने विषयमा यसअघि नै छलफलमा थिए। यता मेसीका पिता सम्झौताबारे छलफल गर्नका लागि म्यानचेस्टर आइपुगेका छन्।
यसैबिच बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले मेसीसँग भेट गर्न अस्वीकार गरेको खबर छ। क्लब छोड्ने विकल्पहरुबारे छलफल गर्न मेसीले भेट्न चाहे पनि अध्यक्ष जोसेपले समय दिएका छैनन्।
याे पनि