बिएल संवाददाता
जापानी टेनिस खेलाडी नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको फाइनलमा प्रवेश गरेकी छिन्।
चौंथो वरियताकी ओसाका अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएर उपाधि नजिक पुगेकी हुन्।
ओसाकाले मेर्टेन्सलाई ६-२ र ७-६ ९७-५० को सेटमा पराजित गरिन्।
अब उपाधिका लागि ओसाकाले जोहान्ना कोन्टा र भिक्टोरिया अजेरिन्काबीचको विजेतासँग खेल्ने छिन्।
यसअघि अमेरिकामा अश्वेत नागरिकमाथि भइरहेको दूब्र्यवहारको विरोध गर्दै ओसाकाले प्रतियोगिताको सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएकी थिइन्।
उनले एक्कासी नाम फिर्ता लिएपछि आयोजक समितिले बिहीबार खेल रद्ध भएको थियो।
उनले प्रहरीद्धारा ब्लेकमाथि गोली प्रहार गरेको घटनाले आफूलाई मानसिक रूपमा विक्षिप्त पारेको बताएकी थिइन्।
विस्कान्सन प्रहरीले गत आइतबार २९ वर्षीय ब्लेकलाई केनोसा क्षेत्रमा सात पल्ट गोली प्रहार गरेको थियो। यसको भिडियो पनि रेकर्ड भएको थियो।
प्रहरीको यो कार्यको विरोध गर्दै शहरको विभिन्न क्षेमा तोडफोड भएको थियो। ब्लेक अहिले खतरामुक्त छन्। उनलाई अस्पताल भर्ना गरिरएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया