बरुण धवनको ‘कुली नम्बर १’ ६५ करोडमा विक्रि

अभिनेता वरुण धवनको रिलिजको तयारीमा रहेको फिल्म ‘कुली नम्बर १’ अमेजनमा सबैभन्दा बढी रकममा विक्रि भएको छ। 

अमेजन प्राइम भिडियोले ६५ करोड रुपैयाँमा उनको फिल्मको अधिकार किनेको छ। 

यसअघि यो फिल्मलाई सिनेमा हलमा रिलिज गर्न खोजिएको थियो। तर, कोरोनाका कारण सबै हल बन्द भएपछि अमेजनमा फिल्म रिलिज गर्न लागिएको हो। 

अमेजनले यसअघि ‘शकुन्तला देवी’ का लागि ५० करोड रुपैयाँ खर्चिएको थियो। यस्तै, ‘गुलाबो सिताबो’ का लाग पनि ४० करोड रुपैयाँ खर्चिएको थियो।

प्रकाशित मिति: : 2020-08-28 21:40:24

प्रतिकृया दिनुहोस्