बिएल संवाददाता
क्रिकेट अस्ट्रेलियाले ४ सेप्टेम्बरदेखि सुरु हुने इंग्ल्याण्डविरूद्ध एकदिवसीय शृंखलाका लागि कोरोना सम्बन्धि नयाँ नियम बनाएको छ।
जसमा बलरले घाँटी, अनुहार र टाउकोको पसिनाबाट बललाई चम्काउँन पाउने छैनन्। तर, पेट र ढाडमा आउने पसिना भने प्रयोग गर्न सक्ने छन्।
अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले यसअघि नै थुकले बल चम्काउँन प्रतिबन्ध लगाइसकेको थियो। क्रिकेट अस्ट्रेलियाले भने कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न यस्तो निर्णय गरेको बताएको छ।
क्रिकेट डट कमका अनुसार क्रिकेट अस्ट्रेलियाले आफ्नो खेलाडीलाई मुख र नाक नजिकैको पसिना प्रयोग नगर्न निर्देशन दिएको छ।
टिमका प्रमुख बलर मिचेल स्टार्कले एकदिवसीय क्रिकेटमा यो सम्भव भएपनि टेस्ट क्रिकेटमा गाह्रो पर्ने बताएका छन्। इंग्ल्याण्ड र वेष्ट इन्डिजबीच हालै भएको टेस्ट शृंखलामा जोफ्राले ढाडको पसिना प्रयोग गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया