‘नेपालमा रेल आवश्यक छ तर हतारमा हाम नफालौँ’

नेपाल खबर

काठमाडौँ

बसन्त अर्याल

रेल तथा पूर्वाधार विज्ञहरुले नेपालमा रेल आवश्यक रहे पनि हतार गर्न नहुने बताएका छन्। विज्ञहरुले रेल विकाससँगै एकीकृत यातायात र सहरी विकासलाई ध्यान दिनुपर्ने बताएका हुन्।

नेपाल इन्जिनियर्स एसोसिएसनले नेपालमा रेल वेको विकाससम्बन्धी गरेको वेबिनार पूर्वपश्चिम विद्युतीय रेल वेको ठेक्का प्रक्रिया र अन्य रेलमार्गको आवश्यकताको विषयमा छलफल भएको थियो।

छलफलमा पूर्वाधारविद् सूर्यराज आचार्यले रेल अरु यातायातको तुलनामा भाडादर सस्तो र कम प्रदूषण हुने तर त्यसको प्राविधिक पक्ष अध्ययन गरेर मात्रै रेल वे निर्माणको विकास गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2020-08-28 18:13:04

प्रतिकृया दिनुहोस्