रुसी भ्याक्सिनविरुद्धको ‘कोकोहोलो’ : सुरक्षा–चासो कि कोरोना भ्याक्सिनको बजारमा प्रभुत्वको चिन्ता ?

रातोपाटी

काठमाडौँ

अन्वेषण अधिकारी

विश्वका लागि यतिखेर प्रत्यक्ष रुपमा सबैभन्दा ठूलो चुनौति कोरोनाभाइरसको महामारी बनेको छ । यो महामारीले विश्वको अर्थव्यवस्थालाई धरमर बनाइदिएको छ, सामाजिक जनजीवन तहसनहस बनाइदिएको छ र सारा संसारको गतिविधिलाई उथलपुथल बनाइदिएको छ । जीवन र जगत्का सम्पूर्ण गतिविधिहरु, व्यवस्थाहरु र जीवनचक्रलाई यसले अस्तव्यस्त बनाइदिएको छ । यो स्थितिबाट पार पाउने सबैभन्दा मुख्य उपाय भनेकै अहिले कोभिड–१९ महाव्याधिविरुद्ध प्रभावकारी खोपको खोजी नै हो । त्यहीकारण यतिखेर सारा विश्वका सर्वोत्कृष्ट मस्तिष्कहरु त्यो खोप निर्माणको अभियानमा महायुद्धस्तरमा लागिपरेका छन् । कतिपय खोपहरु परीक्षणका अन्तिम चरणबाट गुज्रिरहेका छन् । जसको सफलताले अहिलेको महामारीमाथि ब्रेक लगाउन सक्नेछ, जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सक्नेछ र धरमराइरहेको विश्वअर्थव्यवस्थालाई पुरानै लय र गतिमा फर्काउन मद्दत गर्न सक्नेछ ।

यस अर्थमा अहिले कोरोनाभाइरस विरुद्धको खोप निर्माण सबैभनदा महत्वपूर्ण र सबैको लागि उच्च प्राथमिकताको विषय बनेको छ ।

प्रकाशित मिति: : 2020-08-28 16:42:10

प्रतिकृया दिनुहोस्