प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्र बनाएर लेखिएका सयौं लेख, आलेख, टिप्पणी र विश्लेषणका बीच फेरि उनैका बारे अर्को कोणबाट लेख्न मलाई स्वयं ओलीको एउटा प्रतिप्रश्नले उद्वेलित गरेको हो। अग्रज सञ्चारकर्मी भूषण दाहाललाई प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अन्तर्वार्ताको कुनै शब्द, टिप्पणी, प्रतिबद्धता र प्रतिउत्तरले मलाई फिटिक्कै छोएन। तर पहिलोपटक जब उनले एउटा उत्तरमा जबर्जस्त नितान्त पारिवारिक टिप्पणी मिश्रित प्रतिप्रश्न गरे, म झस्किएँ। मैले त्यो टिप्पणीलाई १० पटक दोहोर्याएर सुनें, त्यसको गम्भीरतालाई मिहीन ढंगले विश्लेषण गरें। दक्षिण एसियाली राजनीतिक समाजमा यसको सन्देश चानचुने छैन, यो राजनीतिक सिद्धान्त, नीति र नियतिबीचको फरक कोण लाग्छ मलाई। त्यो उद्वेलन गर्ने टिप्पणी के थियो त ? फेरि भोलि मिडियाले छोराछोरीले गर्दा भनेर लेखिदेलान्, ‘मेरो छोराछोरी छैनन्।
सम्माननीय ओलीको यो अभिव्यक्तिको दक्षिण एसियाली राजनीतिमा जब्बर महत्व छ। ओलीको यो सन्दर्भलाई केन्द्र बनाएर ओलीको अनमोल यात्रा किन फिस्स हुनु हुँदैन भनेर लेखिरहँदा ‘ईश्वर दाहिना’ भएका ‘सम्धी’ को नयाँ नियुक्तिले सामाजिक सञ्जाल पहेंलपुर भइरहेको छ।
कतिसम्म भन्ने स्वयं उपप्रधानमन्त्री पोखरेलले सामाजिक सञ्जालबाटै त्यसको प्रस्टीकरण दिनुपर्ने अवस्था उत्पन्न भयो। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘मेरा कुनै नाता सम्बन्ध रहेका व्यक्तिद्वारा पद वा मसँगको सम्बन्धको दुरूपयोग गरी लाभ लिएको सत्य होइन।
यहाँ नेपालको राजनीतिलाई वर्षौंदेखि विकृत बनाउने नातावादको सन्दर्भलाई एकपटक विगतबाटै फर्केर हेरौं। ओलीले मेरा सन्तान छैनन् भन्नुपर्ने अवस्थाको खास मर्म पारिवारिक र राजनीतिक रूपमा फरक छ तर विशिष्टताका हिसाबले म राजनीतिक रूपमा जोड्न चाहन्छु।