बिएल संवाददाता
भेट्रान स्पीनर प्रविन ताम्बेले क्यारिबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने पहिलो भारतीय क्रिकेटर बनेका छन्।
ट्रिनिडाड एण्ड टोबागोमा भइरहेको सीपीएल अन्तर्गत ताम्बेले बुधबार सेन्ट लुसिया जुक्सविरुद्ध ट्रिनबागो नाइट राइडर्सका लागि खेलेका हुन्। ४८ वर्षे ताम्बेले एक विकेटसमेत लिए।
यसअघि भारतका पूर्व यू १९ खेलाडी सन्नी सोहेलले पनि सीपीएल खेलेका थिए। तर उनले अमेरिकी राष्ट्रिय टिममा खेल्न सुरु गरेपछि सीपीएलमा बार्बेडोस ट्राइडेन्ट्सका लागि खेलेका हुन्।
भेट्रान स्पीनर ताम्बेले अहिलेसम्म सिनियर लेभलको क्रिकेट खेलेका छैनन्। गत संस्करणको टी १० लिग ताम्बले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा नगरी खेलेका थिए। उनलाई अक्सनमा कलकत्ता नाइट राइडर्सले भारु २० लाखमा अनुबन्धन गरेको थियो।
तर ताम्बेलाई बीसीसीआईले नियम उल्लंघन गरेको भन्दै आइपीएलमा प्रतिबन्ध लगायाे।
ताम्बेले सन् २०१३ देखि २०१६ सम्म ३३ आइपीएलका खेल खेलेका छन्। उनले तीन फरक टिम राजेस्थान रोयल्स, गुजरात लायन्स र सन्राइजर्स हैदराबादबाट आइपीएल खेलका छन्।
ताम्बेले ३३ खेलमा २८ विकेट लिन सफल भएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया