हाम्रो प्रतिवेदनले नेकपा महाधिवेशनसम्म जान सक्छ: सुरेन्द्र पाण्डे

सेतोपाटी

काठमाडौँ

सन्जिब बगाले

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र चुलिँदै गएको विवादको निकास दिन बनेको कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बुझाएको छ। अध्यक्षहरूले अध्ययन गरेपछि  भदौ १३ गते बस्ने सचिवालय बैठकमा उक्त प्रतिवेदनबारे छलफल हुनेछ। सचिवालयपछि स्थायी कमिटी बैठक बसेर प्रतिवेदनले दिएका सुझावका आधारमा निर्णय गर्ने बताइएको छ।

लगभग फुटको संघारमा पुगेको भनिएको नेकपामा अहिले देखिएका सबै समस्या समाधान उक्त कार्यदलको प्रतिवेदनबाट हुन्छन् त? भन्नेमा आमचासो छ।

कार्यदलमा सदस्य बनेका नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे प्रतिवेदनको कार्यान्वयन गरिए महाधिवेशनसम्मको बाटो तय हुने बताउँछन्। कार्यदलको प्रतिवेदनमा केन्द्रीत रहेर सेतोपाटीका सन्जिब बगालेले पाण्डेसँग गरेको कुराकानीको सम्पादीत अंश:

तपाईंहरू सात जनाको कार्यदलले  सात दिनसम्म काम गरेर नेकपाभित्र महिनौंदेखि चुलिएको विवाद समाधानका लागि प्रतिवेदन दिएको छ।  त्यो प्रतिवेदनले पार्टीभित्रका सबै समस्या समाधान हुन्छन्?

प्रकाशित मिति: : 2020-08-27 10:47:53

प्रतिकृया दिनुहोस्