सार्वजनिक नियुक्तिमा बिचौलिया र कुटुम्ब

भवानीश्वर गाैतम/कृष्ण रिजाल

 

उपेन्द्र कोइरालालाई सत्ता र सम्धी सधैँ दाहिना

राजदूतमा यती एयरका मालिक ल्हाक्पा सोनामकी छोरी, मुस्लिम आयोगमा दुईवटा नागरिकताका विवादित पात्र, लगानी बोर्डमा राष्ट्रिय गौरवका आयोजना अलपत्र पार्ने बिचौलियालाई नियुक्त गरेको सरकारले राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व उपप्रधानमन्त्रीका सम्धीलाई दिँदै छ

.............

सरकारले गरेका १० नमुना नियुक्ति

आर्थिक अनियमितताको आरोपमा दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई हटाएर पाँच महिनापछि स्वच्छ छविको भन्दै पुनः नियुक्ति

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका दिगम्बर झालाई केपी ओलीको सरकारले ०७५ भदौमा आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै बर्खास्त गरेको थियो । तर, पाँच महिनापछि फेरि उनैलाई अध्यक्षमै नियुक्त गर्‍यो । आर्थिक प्रभावमा परेर सरकारले विवादास्पद पृष्ठभूमिका झालाई नियुक्त गरेको भन्दै नेकपाभित्र चर्को विरोेध भयो । नेकपाका ४३ केन्द्रीय सदस्यले झासहित भ्रष्ट र विवादित छवि भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र नै दिए । नेकपाभित्र ठूलो विवाद भएपछि झाले ०७५ पुसमा आफैँ राजीनामा दिएका थिए । 

प्रकाशित मिति: : 2020-08-26 07:08:59

प्रतिकृया दिनुहोस्