कुलमान घिसिङसँग प्रधानमन्त्री ओलीका गुनासैगुनासा, यी हुन् मुख्य ६ असन्तुष्टि

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आम मानिसले चिन्ने नाम हो।

चार वर्षअघि प्राधिकरणको निर्देशक भएपछि उनले दैनिक १८ घण्टासम्म हुदै आएको लोडसेडिङ शून्यमा झारे। त्यसपछि सर्वसाधारणले उनलाई ‘उज्यालो’को पर्यायका रुपमा लिने गर्छन्।

तर उनको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ। उनलाई प्राधिकरणका पुनः नियुक्त गरिनुपर्छ भन्ने आवाज सर्वधारणका तर्फबाट चर्को रुपमा उठ्न थालेको छ। पछिल्ला दिनहरुमा सेलिब्रेटीहरुले नै योजनाबद्ध रुपमा उनको पुनः नियुक्ति हुनुपर्छ भन्दै लबिङ गरिरहेका छन्।

सामाजिक सञ्जाल घिसिङको समर्थनमा रंगिएको छ। तर उनलाई नियुक्ति गर्ने सरकार अझ विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन उनीप्रति सकारात्मक छैनन्।

एउटा राम्रो कामको आवरणले अरु कमजोरी ढाकछोप गरेको भन्दै उनीप्रति प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट छन्। प्राधिकरकणमा सिइओ नियुक्तिबारे प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री पुनबीच सामान्य छलफल सुरु भए पनि निष्कर्ष भने ननिस्केको बालुवाटार स्रोतको दाबी छ।

प्रकाशित मिति: : 2020-08-25 23:15:00

प्रतिकृया दिनुहोस्